आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अतिआवश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने जीतपुरसिमराका स्वास्थ्यकर्मिहरुको निर्णय

प्रिती कुमारी, जीतपुर २०७८ श्रावण ५, मंगलबार (२ साल अघि) ६४५ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुले मंगलबारबाट चरणबद्ध आन्दोलन शुरु गरेका छन् । पालिका भित्रका स्वास्थ्यकर्मिहरुले स्थानिय तहबाट प्रत्येक वर्ष पाउदै आएको स्थानिय भक्ता नपाएपछि आत्दोलन शुरु गरेका हुन ।

 

सोमबार साझ स्वास्थ्यकर्मिहरुको बसेको बैठकले जीतपुरसिमरा उपमहानगरपलिका भित्रका अन्य कर्मचारीहरुको स्थानिय भक्ताको चेक तैयार भैसकेको तर आफुहरुको हकमा कुनै चासो नलिएको भन्दै आन्दोलनमा गर्न बाध्य भएको डा. दिपक गिरीले जानकारी दिनुभयो ।

 

स्वास्थ्यकर्मिहरु तत्कालै आफुहरुको माग पुरा नभए साउन ५ गते ८ गतेसम्म हातमा कालोपटी बाधेर काम गर्न, १० गतेदेखि अनिश्चितकाल सम्मको लागि अतिआवश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस