आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सोमबार कलैया उपमहानगरपालिकामा शोक बिदा

एपी खबर २०८१ बैशाख १६, आईतबार ( १० महिना अघि) १२२ पाठक संख्या

बारा : कलैया उपमहानगरपालिकाले नगर कार्यापालिकाको कार्यालय र मातहतका वडा, अन्य कार्यालयहरुमा सोमबार शोक विदा दिइएको छ । कलैया उपमहानगरपालिकाको पशु शाखामा कार्यरत पशु सेवा प्राबिधिक सहायक चौथो तहका कर्मचारी बिशेन्द्र कुमार यादवको निधन भएकोले उपमहानगरपालिकाले सोमबार शोक विदा दिने निर्णय गरेको हो ।

 

 

पशु सेवा प्राबिधिक सहायक यादवको  हिजो सनिवार असमायिक निधन भएको थियो । उनको आज अन्त्येष्टी गरिने भएको छ ।उपमहानगरले शोक विदासम्बन्धी सुचना जारी गर्दै नगर कार्यपालिका, मातहतका वडा कार्यालय शैक्षिक संस्था र स्वास्थ संस्थाहरु बन्द रहने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस