आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु,२५ जना घाइते

AuthorAP Khabar२०८० भाद्र २३, शनिबार (७ महिना अघि) १३२ पाठक संख्या

काठमाडौँ– बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको । गएराति बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा भएको दुर्घटनामा २५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार ना७ख २३२१ नम्बरको बस ना४ख ६४०५ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

 

 

दुर्घटनामा ठाकुरबाबा– ७ का साधुराम थारु, वडा नम्बर ८ का जुगबहादुर चन्द, वडा नम्बर ९ का काँशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, वडा नम्बर  र पहिचान नखुलेका बसका कर्मचारी एक पुरुष रहेको प्रहरीले जनाएको छ ।

 

 

बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस