आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकमा २ जनाको मृत्यु 

एपी खबर २०८० भाद्र ३०, शनिबार (७ महिना अघि) ८५ पाठक संख्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाडाँमा मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्र्तगत खाडिचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना.८ ख ३७६ नं.को पेट्रोल बोक्ने ट्याङकरले बिपरित दिशाबाट आउदै गरेको बा.प्र.०२-०३१ प ५९७६ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक पाचपोखरी थाङपाल गाउँपालिका १ बासखर्कका समिर तामाङ र मोटरसाईकल पछाडी बस्ने मेलम्ची नगरपालिका ११ का नबिन पाण्डेको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी संजिब कुमार यादवले जानकारी दिनुभयो ।

 

ठक्कर दिने ट्याङकर र मकवानपुर थाहा नगरपालिका १२ का चालक भिम बहादुर तितुङ लाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । मृतक अनेरास्ववियूका जिल्ला सह संयोजक पाण्डे र सचिवालय सदस्य दोङ दुवै जना अनेरास्ववियू सचिवालय बैठकका लागि बाह्बिसे जाने क्रममा दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस