आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा पिकअपको ठक्करले मोटरसाईकल चालकको मृत्यु

एपी खबर २०८० आश्विन २, मंगलबार (७ महिना अघि) १०६ पाठक संख्या

बारा : बारामा पिकअप गाडीले मोटरसाईकललाई ठक्कर दिदा क जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ ।सोमबार साझ ६ बजे तिर पथलैया-निजगढ सडकखण्ड अन्तर्गत निजगढ नजिकै टाङ्गियाबस्ती जाने बाटोमा बिरगंजबाट बिराटनगर तर्फ जादै गरेको प्र.न.-०१०-०२२ च ३१९७ नम्बरको पिकअप गाडिले निजगढबाट हेटौडा तर्फ जादै गरेको प्र.न.३-०३-००१ प ००३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका -११ बस्ने अ.वर्ष २४ को निशन श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय बाराका ट्राफिक प्रहरी निरक्षक रामकुमार महत्तोले जानकारी दिनुभयो ।

 

श्रेष्ठको टाउकोमा चोट उपचारको लागि सामुदायिक प्रसुती अस्पताल निजगढ उपचार क्रममा मृत्युु भएको थियो ।मोटरसाइकलमा पछाडि बस्ने मिलन बरुवाल घाइते भएका छन् । बरुवालको बाँया हात र ढाडमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।यता काभ्रेपलान्चोक नवबुद्द नपा.२ बस्ने पिकअप चालक सुरेश भुजेललाई इप्रकाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस