आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षा सह संयोजक सुबोध यादवको सकृयतामा प्रा.वि.फतुवा हर्षाहाका विद्यार्थीहरु छात्रवृति पाउँने

अमित ठाकुर २०७७ श्रावण ७, बुधबार (३ साल अघि) ५८३ पाठक संख्या

रौतहट। रौतहटको प्राथमिक विद्यालय फतुवा हर्षाहाले विद्यार्थीहरुलाई छात्रवृति र दिवा खाजा वापत नगद रकम वितरण गर्ने भएको छ ।

पmतुवा विजयपुर नगरपालिका ७ मा रहेको प्राथमिक विद्यालय फतुवा हर्षाहा ५ ले विद्यार्थीहरुलाई आर्थिक वर्ष २०७६,७७ को छात्रवृति र खाजा वापतको नगद रकम वितरण गर्ने भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विश्वास राय यादवको अध्यक्षतामा विद्यालयको प्रांगनमा आज बसेको अभिभावक भेलालले आउँदो साउन १५ गतेदेखी एक आर्थिक वर्षको लाखौ रुपैया छात्रवृति वितरण गर्ने र खाजा वापतको नगद रकम नै वितरण गर्ने निर्णय गरेको छ ।

प्राथमिक विद्यालय फतुवा हर्षाहा कक्षा ५ सम्म सञ्चालनमा रहेको छ । उक्त विद्यालयमा अध्ययनरत एक सय छात्र छात्राहरुले रु ३ लाख ३७ हजार ४ सय २० रुपैया छात्रवृति वापत रकम पाउने भएका छन ।

फतुवा विजयपुर नगरपालिकाका सह शिक्षा संयोजक सुबोध यादवको विशेष सकृयातामा विद्यार्थीहरुले छात्रवृति पाउने भएका छन ।

चार महिने लामो लकडाउनका कारण ओझेलमा परेको छात्रवृति रकम निकासा गर्न सह संयोजक सुबोध यादव अग्रनी भूमिका खेलेका थिए ।

शिक्षा सह संयोजक यादवको विशेष पहल र सहयोगमा खाजाको रकम र छात्रवृति पाउने भएपछि विद्यार्थीहरु निकै हर्षित भएका छन ।

प्रतिक्रिया दिनुहोस