आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको बेलदारीमा रहेको स्वास्थ्य चौकी जाने बाटो नहुदाँ स्थानीयबासीलाई सास्ती

एपी खबर २०७७ कार्तिक १२, बुधबार (३ साल अघि) ५१९ पाठक संख्या

अजय यादव वियोगी ,कलैया ,बारा ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ५ बेलदारीमा रहेको स्वास्थ्य चौकीमा जाने बाटो नहुदाँ स्थानीयबासीले सास्ती खेप्न बाध्य भएका छन् ।

 

पचरौता नगरपालिकाको वडा नम्बर -५ मा रहेको स्वास्थ्य चौकीमा पुग्नको लागि पकडिया गाउँका जनतालाई आधा घण्टाभन्दा बढी लाग्ने गरेको पकडियाका स्थानीयबासीले दुखेसो पोखेका छन् ।

 

 

बेलदारी गाउँको एकान्त क्षेत्रमा बनाईएको अस्पताल अनियमितता समेत भएको स्थानीयबासीले गुनासो समेत गरेका छन् ।केन्द्र सरकारले पठाएको ४० चालिस लाखको लागतमा चारकोठे भवनको निर्माण भएको बताईएको छ।पचरौता नगरपालिकाका मेयर रमेशकुमार यादवले मनोमानी /एकलौटी ढंगले नै बिच सरेहमा स्वास्थ्य चौकी बनाएको स्थानीयबासी जितेन्द्र यादवले बताउनुभयो ।

 

 

पकडिया गाउँको जनता मारमा परेपनि मेयर यादवले देखेर नदेखे झै गरेको स्थानीयबासी यादवकै भनाइ रहेको छ ।बेलदारी देखि पुर्वमा रहेको स्वास्थ्य चौकीमा बेलदारी स्थानीयलाई पनि बाटो नहुदाँ समस्या हुने गरेको बेलदारीका यूवा वकिल यादवले बताउनुभयो ।

 

 

पकडिया गाउँको जनतालाई अवहेलना भएकै हो ।किनकि अस्पताल रस्साकस्कीले बनाईएको यूवा वकिल यादवको भनाइ रहेको छ ।पचरौता नगरपालिकाका मेयर रमेशकुमार यादवले अाफ्नो पोखरा दाना राख्न तथा अन्य प्रयोजनका लागि बाटो नहुदाँ बिना बाटो भएकै ठाउँमा स्वास्थ्य चौकी बनाईदिएको बेलदारीका स्थानीयबासीको भनाइ रहेको छ ।

 

 

वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मीप्रसाद यादवले अाफूलाई केही जानकारी नै नदिई बिच सरेहमा स्वास्थ्य चौकीको निर्माण भएको बताउनुभयो ।यसबाट वडा नम्बर -५ का स्थानीयबासी दुखि भएको र मेयरले अाफ्नो व्यक्तिगत फाईदा लिनको लागि स्वास्थ्य चौकी बनाएको बताउनुभयो ।

 

 

यसमा ४० चालिस लाख रकम अाएको थियो गुपचुप रुपमा स्वास्थ्य चौकी बनाई रकम हिनामिना समेत भएको स्थानियाहरुको गुनासो रहेको छ ।स्वास्थ्य चौकी जस्तो संवेदनशील भवन सरेहमा राख्नु जनता प्रति मेयर यादवले ग्दारी गरेको वडाध्यक्ष लक्ष्मीप्रसाद यादवको भनाइ रहेको छ ।

 

 

स्वास्थ्य चौकी पुग्न १० मिनेट लाग्ने ठाउँमा अहिले अाधा घण्टा जति लागिरहेको पकडियाका स्थानीय महिला नुरनेसा खातुनले बताईन ।स्वास्थ्य चौकी पुग्न नहरमा भएको ग्रेभलको बाटो पकडिया गाउँसँग जोडेको भए यति समय लाग्दन्थ्यो स्थानीय महिला खातुनको भनाइ रहेको छ ।

 

 

नहरको बाटोमा ग्रेभल भएको छ तर पचरौता नगरपालिकाले बाटो जोड्न सकेको छैन ।मेयर रमेशकुमार यादवको निजी फाइदाको लागि यस्तो योजनाबाट स्वास्थ्य चौकी निर्माण भएको शिलान्यास देखि विवादमा पर्दे अाएका छन् ।

 

 

बिना उद्घाटनकै स्वास्थ्य चौकी सञ्चालनमा अाएको स्थानीय समाजसेवीहरुको भनाइ रहेको छ ।टाढा भएकोले बिरामीहरु पुग्ने कठिनाइ भईरहेको छ ।गर्भवती तथा वृद्धवृद्धालाई अस्पताल पुग्न झन् कठिनाइ हुने गरेको ज्येष्ठ नागरिक रहेका उमेश राउत अहिरले बताउनुभयो ।

 

 

हामीलाई रुघाखोकी अथवा सामान्य केही भई हालेपनि जान मुश्किल हुने गरेको ज्येष्ठ नागरिक उमेश राउत अहिरको भनाइ रहेको छ ।वडा नम्बर -५ मै नै मेयर रमेशकुमार यादवको घर समेत रहेको स्थानीयबासीले पाए पर्ने ठाउँमा नराखी अाफनो पोखराको डिलको छेउ छाउमा बनाउन लगेको स्थानीय महिलाहरुको भनाइ रहेको छ ।स्वास्थ्य चौकी बने देखि विवाद हुदै अाएको छ ।देशकै सबैभन्दा बढी विवादित हुने नगरपालिकाको रुपमा छाप बनाउदै गएका छन् ।

 

 

बेलदारी स्वास्थ्य चौकीमा तीन जना कार्यरत रहेका छन् ।ईन्चार्ज देखि लिएर कार्यालय सहयोगी समेत करारमा नियुक्त कर्माचारी रहेका छन् ।बेलदारी स्वास्थ्य चौकीका ईन्चार्ज नविन कुमार यादवले अाफू अाएदेखि दिनको ३०- ४० जना बिरामीहरु स्वास्थ्य चौकी अाउने गरेको बताउनुभयो ।

 

 

स्वास्थ्य चौकीमा के भएको मलाई के थाहा नभएको तर बाटो समस्या रहेको ईन्चार्ज यादवको भनाइ रहेको छ । जनताको मौलिक अधिकार अन्तर्गतपर्ने स्वास्थ्य क्षेत्रमा राजनीतिको अखडा बन्दै गएको प्रति बुद्धिजीवीहरु चिन्तित बन्दै गएका छन् पचरौता नगरपालिकामा सधैं कमिसनकै चलखेल हुने गरेको स्थानीय जनप्रतिनिधिहरुले सार्वजनिक रुपमा गुनासो गर्दै अाएका छन् ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस