आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फोहोर फाल्ने ठाउँ सुनिश्चित गर्नको लागि बस्ती हटाउने खेल सुरु

एपी खबर २०८० भाद्र ३, आईतबार (८ महिना अघि) १२६ पाठक संख्या

बारा: बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुखले उपमहानगरपालिकाको फोहोर फाल्नको लागि बस्ती नै उठिबास गर्न लगाएको स्थानियहरुले आरोप लगाएको छ।जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो नगर भित्रका फोहोर फाल्दै आएको छेउमा बस्ती बनाएर बसेकाहरुलाई फोहोर फाल्ने ठाउँ सुनिश्चित गर्नको लागि उक्त बस्तीनै खाली गराउन लागेको आरोप लागेको छ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १ पथलैया स्थित रहेको दुधौरा खोला छेउमा भएको बस्ती खाली गराउन मेयर लागि परेको उक्त बस्तिका स्थानियहरुले आरोप लगाएको छ।

 

 

बर्षौ देखि बासोबास गरिरहेको बस्ती हटाउन पहिला कतै बाट कुनै सूचना न आएको एकासी डिभिजन वन कार्यालय बाराले बस्ती खाली गर्न सूचना टासे पछि अहिले दुधौरा खोला छेउमा बस्ती बनाएर बासोबास गरिरहेका ६४ घरधुरीको निद उडेको छ।नगरपालिकाले बस्ती नजिकै फाल्दै आएको फोहोरमा स्थानियले रोक लगाए पछि जीतपुरसिमरा उपमहानगरका नगरप्रमुखले नै वनलाई भनेर बस्ती खाली गराउन सूचना निकालेको स्थानिय सम्झना वलले आरोप लगाएकी छिन।

 

 

बस्ती नजिकै उपमहानगरले फाल्ने गरेको फोहोर त्यहाँ बासोबास गरिरहेकाहरुको स्वास्थ्यमा नकारात्मक असर देख्न थाले पछि आफुहरुले झिंगा बढेको र त्यसको रोकथामको लागि औषधी छर्किनको लागि उपमहानगरका नगरप्रमुखलाई भन्दा बेवास्ता गरे पछि आफुहरुले यहाँ फोहोर न फाल्नु भनेर रोक लगाएको र त्यसकै रिस साट्नको लागि मेयरले वन सग मिलेर बस्ती खाली गराउन लागेको स्थानियहरुले आरोप लगाएको छ।

 

डिभिजन वन कार्यालय सिमराले आफुहरुको बस्तिमा आगो लागेको बेला जग्गा नाप जांच गरेर गएको र त्यो किलाको भित्र आफुहरु बासोबास गरेपनि वनले एकासी पत्र काटे पछि अहिले हामी बासोबास गरिरहेका ६४ घरधुरी बिचलित बनेको कान्छी माया ब्लोनले बताईन।यता डिभिजन वन कार्यालय बाराले आफुहरु कसैको दबाबमा न परि वन ऐनको नियम बिपरित त्यहाँ बस्ती रहेको हुनाले बस्ती खाली गर्न १५ दिने सूचना जारी गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख बिनोद सिंहले एपिखबरलाई बताउनु भयो।

 

 

डिभिजन वन कार्यालयले वनको जग्गामा बनेका घर ,टहरा हटाउने निर्णय गरेसँगै पथलैया सब डिभिजन वन अन्तर्गत पर्ने दुधौरा खोला नजिकैको बस्तिमा बासोबास गर्ने ६४ घरधुरीको परिवार आपत्‌मा परेको हो ।डिभिजन वन कार्यालय बाराले साउन ३१ गते जारी गरेको सूचनामा वन ऐन नियम बिपरित अनियमित रुपमा वन अतिक्रमण गरि घर छाप्रो, तहरा बनाई बसेको पसल संचालन गरेको देखिन आएको हुनाले सूचना जारी गरेको १५ दिन भित्र घर, छाप्रो , तहरा हटाइ लैजान वनले पत्र काटे पछि अहिले पूर्व दुधौरा खोला,पछिम पथलैया सामुदायिक वन,उतर पूर्व पछिम राजमार्ग,र दक्षिन पथलैया सामुदायिक वन क्षेत्र भित्र बसिरहेका परिवारको निद उडाईदिएको छ ।

 

आफ्नो आमा बुवाको समय देखि नै आफुहरु यो बस्तिमा बसोबास गरिरहेको र अहिले आफू पनि बूढो भएकोले वनले कतै अन्यत्र जग्गाको ब्यवस्था न मिलाए सम्म बस्ती खाली न गर्ने सम्झना वल बताउछिन। ‘कतै एक पाइला जमिन छैन । घर भत्काएपछि हामी कहाँ गएर बस्ने,’ उनी प्रश्न गरिरहेकी छन् ।यता जीतपुरसिमरा उपमहानगरपालिकाका वडा न ३ का वडाध्यक्ष तारा बहादुर कार्किले मेयरले दुधौरा खोलाको छेउमा बस्ती बनाएर बसेकाहरु माथी आक्रमण गर्न प्रयास गरेको आरोप लगाएको छ।

 

फोहोर फाल्ने ठाउँ सुनिश्चित गर्नको लागि मेयरले वनलाई उक्साएर बस्ती खाली गराउन लागेको अध्यक्ष कार्किले बताए।उनले मेयर राजन पौडेलले मत लिने बेला विभिन्न किसिमका झुठो अश्वासन दिएर त्यहाँको जनता सग मत लिएर बिजय भएको तर अहिले बिजय गराएको जनताहरुलाई नै फोहोर ब्यवस्थापन गर्ने उदेश्यले हटाउन लगाएको बताएको छ।वनको जग्गामा १० बर्ष भन्दा बढी देखि बासोबास गर्दै आइरहेकोलाई संवत् लालपुर्जा बितरन गर्ने प्रवधान रहे पनि लालपुर्जा या निसा बितरण गर्नुको सत्ता नगरपालिकाका प्रमुखले बस्तीनै हटाउन लागेको वडाध्यक्ष कार्किले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस