आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कारागारमा सांसद रेशम चौधरीको पावर !

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ४३४ पाठक संख्या

काठमाडौंपौष २१ :  सामान्यतया कारागारमा कैदीलाई भेट्न त्यहाँको प्रशासनले निश्चित समय छुट्याएको हुन्छ । आफन्त शुभेच्छुकहरु भेट्न आउँदा समयको पालना गर्नुपर्छ । यो देशभरीकै कारागारको नियम हो । सामान्यता १० बजेदेखि ४ बजेसम्म कैदी भेट्ने समय छुट्याइएको हुन्छ ।

काठमाडौंको डिल्लीबजारस्थित कारागारमा पनि यो नियम लागू छ । बिहान सवा १० बजेदेखि २ बजेसम्म र बीचमा खाजानास्ताको आघा घण्टा छुट्याइएको छ । त्यसपछि साढे २ देखि ४ बजेसम्म कैदी भेट्ने समय मिलाइएको छ ।

हाल सोही कारागारमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरी पनि हुनुहुन्छ । उहाँले शुक्रबार मात्रै सांसदको पद तथा गोपनियताको शपथ लिनुभयो । शपथपछि उहाँलाई बधाइ दिनेको घुइँचो कारागारमा देख्न सकिन्छ । लामो संख्यामा पुष्पगुच्छा लिएर भेट्नेको लाइन छ त्यहाँ ।

आफन्त र शुभेच्छुकले सांसद चौधरीलाई भेटेर बधाइ दिइरहेका छन् । रेशम चौधरीको हकमा भने कारागारमा समयको कुनै सीमा छुट्याइएको छैन । सांसदलाई भेट्न आएको भनेपछि सीधै भित्र प्रवेश गर्न छुट छ । कारागारको समयलाई पालना गर्नु पर्दैन । कारागार स्रोतका अनुसार चौधरीलाई शपथपछि आवश्यक सुविधा प्रदान गर्न निर्देशन भइसकेको छ ।

रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट अधिक मतले विजयी सांसद हुनुहुन्छ । उहाँलाई जनताले मत दिएको भन्दै जनमतको कदर हुनुपर्ने राजपाको दबाबका कारण शपथ गराइयो । ढिलो चाँडो कारागारबाट छुटेर संसद छिर्ने मौका जुर्ला !

तर, कैलाली जिल्ला कारागारमा रहेका २४ जना टीकापुर घटनाका आरोपी थारु अगुवाहरुको अवस्था के हुन्छ भन्नेमा अन्यौलता छ । एकजना बालक सुधारगृृहमा राखिएका छन् । राजपाले यो राजनीतिक घटना भएको भन्दै राजनैतिक तवरले समाधान गर्नुपर्ने बताउँदै आएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस