आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘कुत्सित मनासय राख्नेले मलाई क्रिश्चियनसँग जाेडे’

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ३९७ पाठक संख्या

काठमाडौं  , पौष २३ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ ।

नेकपाका वरिष्ठ नेता नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तराष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एसिया प्यासिफिक समिट’मा सहभागी भएको स्मरण गराउनु भयो ।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एसिया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराउनु भएको थियो । नेता नेपालले त्यसमा स्पष्टिकरण दिँदैे नेपाललाई विश्वमा चिनाउन आफू समिटमा सहभागी भएको उल्लेख गर्नुभयो ।

उहाँले समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो । नेता नेपालले सबै धर्ममा सम्मान दृष्टिकोण रहेको बताउनु भयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस