काठमाडौं , पौष २४ : अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । कन्ट्राेल फ्रिक्वेन्सी भी.एच.एफ (VHF)मा समस्या आएपछि बन्द भएको विमानस्थल सञ्चालनमा आएको हाे ।
एयर ट्राफिक म्यानेजमेन्ट, एयर ट्राफिक कन्ट्रोल कम्युनिकेसन लगायतका लागि प्रयोग हुने भी.एच.एफ (VHF) बिग्रिँदा ५० भदा बढी उडान प्रभावित भएको विमानस्थलका प्रवत्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । समस्या समाधान भएपछि सबै सेवाहरू सञ्चालनमा आएका छन् ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस