आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आन्दोलन घोषणापछि देउवा किन छिरे सुटुक्क बालुवाटार ?

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ४१८ पाठक संख्या

काठमाडौं  , माघ १४ :सरकार र प्रतिपक्षबीच आरोप प्रत्यारोप भइरहेका बेला प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । कांग्रेस राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएपछि सरकारप्रति आक्रोशित भएको छ । कांग्रेसले चिकित्सा शिक्षा विधेयक अनशनरत डा. गोविन्द केसीको मागअनुसार हुबहु रुपमा पारित हुनुपर्ने बताउँदै आएको थियो । तर शिक्षा विधेयक केसीको केही माग समेट्दै संवैधानिक प्रावधानअनुसार पारित भएको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसदमा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यक्रम तय भएपछि कांग्रेसले त्यसलाई रोक्ने योजना बनाएको थियो । तर शिक्षामन्त्री पोखरेलले प्रतिपक्षको अवरोध छल्दै विधेयक प्रस्तुत गर्नुभएको थियो । आफूहरुको अवरोधका बीच विधेयक पारित भएपछि नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । प्रतिपक्षले आन्दोलन गर्ने निर्णय गरेको भोलिपल्ट आइतबार साँझ प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको लागि आन्दोलन छोडेर सरकारलाई सहयोग गर्न सभापति देउवालाई आग्रह गर्नुभएको प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । प्रधानमन्त्रीले देउवासँगको भेटमा स्ववियु निर्वाचनबारे पनि छलफल गर्नुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले सभापति देउवालाई सरकारप्रति सशंकित नहुन आग्रह गर्नुभएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस