आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेश हुँदै

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ३७५ पाठक संख्या

काठमाडौं  , माघ १४ : प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा आज पेश हुँदैछ ।

विधेयकबारे छलफल गर्न सोमबार बिहान ११ बजेका लागि राष्ट्रियसभा बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक पारितप्रति विरोध जनाउँदै आएको छ । कांग्रेसले राष्ट्रियसभाको सोमबारको बैठक पनि अवरुद्ध पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभामा छलफल हुने तथा उपयुक्त ठहरिए लालमोहरको लागि राष्ट्रपतिसमक्ष पठाउने र अनुपयुक्त लागे पुनः प्रतिनिधिसभामा फिर्ता पठाउने संवैधानिक प्रावधान छ । चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाको आजको बैठकले पारित गरेर राष्ट्रपतिसमक्ष पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस