आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘भ्रष्टाचारमा शुन्य सहनशीलता’

AuthorAP Khabar२०७५ माघ १५, मंगलबार (५ साल अघि) ४५५ पाठक संख्या

काठमाडौं , माघ १५ :प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि किसिमको भ्रष्टाचार हुन नदिने बताउनुभएको छ । नेपालमा भ्रष्टाचारमा कमी आउन नसकेको प्रतिवेदन सार्वजनिक भइरहदा मंगलबार नै शसस्त्र प्रहरी बलको १८ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि किसिमको भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले सरकारी सम्पत्तिको अनुचित र गैह्कानूनी दोहन वा गतल प्रयोग प्रति सहज र क्रियाशिल रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘भ्रष्टाचार गर्ने कुरामा, मैले अगाडिदेखि भन्दै आएको छु कि त्यसलाई म आफू पनि गर्दिन, गर्न पनि दिन्न । गरेमा कसैको अनुहार हेरिने छैन । कसैप्रति कुनै मेलाहिजा राखिने छैन ।’ उहाँले भ्रष्टाचार रोक्न क्रियाशिल रहेको भन्दै सरोकारित सबै निकायलाई धन्यवाद पनि दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले पनि भ्रष्टाचारमा शुन्य सहनशीलता र आर्थिक अनियमितता हुन नदिन सचेत रहेको बताउनुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार नै सार्वजनिक गरेको भ्रष्टाचार अवधारण सूचकांङ्क २०१८ प्रतिवेदनले नेपाल गतबर्षको भ्रष्टाचार सूचकाङ्क भन्दा माथि उठ्न नसकेको देखाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस