आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नयाँ शक्तिको ‘जनसंवाद यात्रा’ पाँचथरबाट शुरु

AuthorAP Khabar२०७५ माघ १६, बुधबार (५ साल अघि) ५४९ पाठक संख्या

काठमाडौं  , माघ १६ :  नयाँ शक्ति पार्टीले एक महिने ‘जनसंवाद यात्रा’ शुरु गरेको छ । मंगलबार पाँचथरको चिवाभञ्ज्याङमा कार्यक्रम गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यात्राको थालनी गर्नुभएको छ ।

अभियानको शुभारम्भ गर्दै डा. भट्टराईले मुलुकको समृद्धिसँग अभियान जोडिएको र साझा अभियानका रुपमा यसको शुभारम्भ गरिएको बताउनुभयो। उहाँले मध्यपहाडी लोकमार्गले मेचीदेखि महाकालीसम्मको भूगोललाई मात्र नभई हरेक जातजाति र समुदायलाई समेत जोडेकाले यही लोकमार्ग भएर सञ्चालन हुने यात्रामार्फत् समृद्धिको सूत्र तयार हुने दाबी गर्नुभयो ।

पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको यात्रा सुदूरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर सम्पन्न हुनेछ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तक्र्रिया गरिनेछ भने २७ जिल्लाका करीब ९० स्थानमा कार्यक्रम गरिने जनाइएको छ ।

जनसंवाद यात्रामा संयोजक भट्टराईका साथ पार्टीकी नेतृ हिसिला यमी तथा अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस