आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

AuthorAP Khabar२०७५ माघ १८, शुक्रबार (५ साल अघि) ३४५ पाठक संख्या

AP संवादाता
जनकपुरधाम ,माघ १८  : नेविसंघ रा.रा.ब. ईकाई कमिटिले शुक्रवार जनकपुर उपमहानगरपालिकाको भानु चोक र शिव चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संघको पुर्व निध्रमरित कार्यक्रम अनुसार शुक्रवार नेविसंघ रा.रा.ब. ईकाई कमिटि अध्यक्ष सुजित यादवको नेतृत्वमा पुत्ला दहन गरिएको हो ।

कार्यक्रममा नेवि संघका नेता पुष्पेन्द्र गोईतले जनतालाई सुरक्षा दिन नसकेका केपी ओली नेतृत्वको सरकार असफल भएको बताएका छन । उनले निर्मला पन्त हत्यारालाई सरकार संरक्षण दिनमा लागेको बताएका छन । वाईडबडी घोटालामा लिप्त सरकार गरिब जनतालाई न्याय दिन नसक्नु दुःखद रहेको उनले बताए । उनले नैतिकताका आधारमा सरकारले राजीनामा दिनुपर्ने मांग गरेका छन ।

कार्यक्रममा नेबिसंघका नेता पुष्पेन्द्र गोइत, सुमन्त यादव , सजय यादव , सन्जीव यादव, अमरेस यादव, घनश्याम झा राजु, रवि यादव सहितका नेवि संघका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस