आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठेकेदार र योजनाको लापारवाहिका कारण हुलाकी मार्ग निर्माणमा ढिलाई भएको पुर्व मन्त्रि साहको भनाई

AuthorAP Khabar२०७५ माघ १८, शुक्रबार (५ साल अघि) १२२२ पाठक संख्या

AP डेस्क
जीतपुर, माघ १८ : पुर्व सहरी विकास मन्त्रि एवम सांसद प्रभु साहले ठेकेदार र योजना कार्यालयको लापारवाहिका कारण हुलागी राजमार्ग निर्माणको काम समयमा सम्पन्न हुन नसकेको बताउनुभएको छ । बाराको हुलाकी राजमार्ग अन्तरगत मानवत मटियार्वा राजमार्ग सडकको स्थलगत निरिक्षण र अनुगमको क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले हुलाकी मार्गको काममा आयोजना कार्यालयले देखाउनुपर्ने तत्परता नदेखाएको र ठेकेदार कम्पनीलेपनि लापारवाहि गरेको आरोप लगाउनुभएको छ ।

नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष समेत रहनुभएका सासंद साहले हुलाकी मार्गको निरिक्षण र अनुगमन गर्दै समयमै काम गर्न सुझाव समेत दिनुभएको छ । तराईको लाईफलाईनको रुपमा रहेको यस योजनालाई समयमै निर्माण गर्न सके तराईलाई विकास तर्फ अगञ्सर बनाउन सकिने समेत जानकारी दिनुभएको थियो ।

निरीक्षण तथा अनुगमन कार्यक्रममा ससदिय बिकाश समितिको अध्यक्ष कल्याणि खड्का, प्रदेश सभा सदस्य कुन्दन कुशवाहा, समिर अन्सारी, नेकपा नेता प्रभु हजरा, योजना प्रमुख अनुठा पटेल लगाएत सहभागिता रहेको नेकपाका युवा नेता उमेश कुश्वाहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस