आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको एकता प्रक्रिया केही दिनमै टुंगिने

AuthorAP Khabar२०७५ माघ २३, बुधबार (५ साल अघि) ३१६ पाठक संख्या

माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केहीदिनै तल्लो स्तरसम्म पार्टी एकता हुने बताउनुभएको छ ।

बुधबार चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित सेतीदेवी पञ्चकन्या माविको ४२ औं बार्षिकोत्सवमा उहाँले छिट्टै देशभर एकताको सन्देश दिने बताउनुभएको हो । ‘केही प्राविधिक कारणले एकता प्रक्रियामा ढिलाइ भएको छ, अब केहीदिनमा नै टुङ्गोमा पुग्छ’ उहाँले भन्नु भयो ।

सचिवालय बैठकले कार्यदललाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिएको र अब बस्ने सचिवालय बैठकले त्यसलाई पारित गर्ने उहाँको दाबी छ ।

सचिवालयले बनाउने एकताको मोडललाई स्थायी कमिटी बैठकले अन्तिम रुप दिएपछि देशभर एकताको सन्देश लिन कार्यक्रम गर्ने उनले बताउनुभयो । ‘पार्टी कमिटीमात्रै होइन जनसंगठनको एकता पनि तल्लो स्तरसम्म एकै पटक टुङ्गो लगाउँछौं’ प्रचण्डले भन्नुभयो , ‘फागुन र चैत महिनाभर पार्टी एकताको सन्देश लिएर नेताहरु जाने कार्यक्रम बनाउँछौं ।’

छोटो अवधीमा धेरै काम गरेको भन्दै उहाँले सरकारको बचाउसमेत रगेका छन् । ‘बाहिर देखिने गरेर केही काम भएको छैन तर, भित्रभित्रै धेरै काम भएको छ, एउटा युगन्तकारी परिर्वतन भएको छ’ उहाँले भन्नुभयो, ‘अब त्यो बिस्तारै बाहिर पनि देखिन्छ र सरकारको काम देखिन्छ ।’

सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लागेको र त्यसका लागि नयाँशिक्षा ऐन ल्याउन खोजेको उनले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस