आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेलम्ची खानेपानीः तोडियो सीएमसीसँग ठेक्का

AuthorAP Khabar२०७५ माघ २४, बिहिबार (५ साल अघि) ३७० पाठक संख्या

काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा लिएको इटालियन कम्पनी सीएमसी नफर्किने भएपछि सरकारले ठेक्का ताेडेकाे छ । सीएमसीलाई १४ दिनभित्र कामका फर्किने/नफर्किने जवाफ मागेको खानेपानी मन्त्रालयले उसको जवाफ कुरेको थियो । सीएमसीबाट कुनै प्रतिक्रिया आएन ।

अन्ततः सरकारले सीएमसीसँग ठेक्का रद्द गरी मेलम्चीको आगामी कमलाई निरन्तरता दिने खानेपानी मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ । आयोजना समयमै सम्पन्न गर्न सरकारसँग विकल्पको बाटो खोज्ने मन्त्रालयले जनाएको छ । निर्माण कार्यलाई छरितो ढंगले अगाडि बढाउन प्रक्रिया शुरु भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

आयोजनाका प्रमुख सूर्यराज कँडेलका अनुसार बिहीबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने निर्णय गरेको हो । यो अवस्थामा पनि ठेक्का नतोड्दा थप अन्योल पैदा हुने र ठेक्काको बैंक ग्यारेन्टी पनि गुम्न सक्ने अवस्था देखिएको उहाँले बताउनुभयो ।

सकारले गत माघ ६ गते १४ दिनभित्र काममा फर्किन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) जारी गरेको थियो । तर, अन्तिम म्याद भनिएको सोमबारसम्म सीएमसी काममा फर्किएन । तर अझै मेलम्ची आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे आयोजना अनिणिर्त छ । बोर्ड बैठकले यस विषयमा विकल्पहरु तयार गरेर सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ । सरकारले गर्ने निर्णयका आधारमा मात्रै आयोजनाको काम अघि बढाइने कँडेलले बताए ।

खानेपानी मन्त्रालयले सीएमसीसँग वार्ता गर्न भन्दै यही बीचमा एउटा सरकारी टोलीलाई थाइल्यान्ड पठाएको थियो । तर, यो वार्तामा सीएमसी हालकै अवस्थामा काममा फर्किन सहमत भएन ।

 

 

जनता समाचार

प्रतिक्रिया दिनुहोस