आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा कार्यदलको बैठक आज

AuthorAP Khabar२०७५ माघ २५, शुक्रबार (५ साल अघि) ३२२ पाठक संख्या

एपी खबर – माघ, २५-

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को कार्यदलको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । पार्टी एकीकरणको संगठनात्मक प्रस्ताव टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक १ बजे बोलाइएको छ ।

हिजो बिहीबार बसेको कार्यदलको बैठकमा संयोजक रामबहादुर थापाले यसअघि भएका निर्णयहरु पुनरावलोकन गर्नुपर्ने भन्दै तीन पृष्ठको प्रतिवेदन पेश गर्नुभएको थियो । आज  बस्ने बैठकमा हिजो बुझाइएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिँदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदललाई १० दिनभित्र आफ्नो प्रतिवेदन तयार गर्न भनिए पनि उसले प्रतिवेदन तयार गर्न सकेको छैन ।

जनाता समाचार

प्रतिक्रिया दिनुहोस