आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मनगढन्ते फलादेशको पछि नलाग्न सुझाव

AuthorAP Khabar२०७५ फागुन ४, शनिबार (५ साल अघि) ६५४ पाठक संख्या

व्यक्तिगत स्वार्थसिद्धका लागि जारी भइरहेका फलादेशप्रति सचेत हुन तीन ज्योतिषसम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् ।

विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषदले संयुक्तरुपमा गठन गरेको अनुगमन समितिले एक वक्तव्य जारी गर्दै सो आग्रह गरेको हो ।

ज्योतिषशास्त्रका ग्रन्थमा उल्लेख नभएका तथा पुराना ज्योतिषको अनुभवभन्दा फरक किसिमले फलादेशबारे प्रचार–प्रसार गरिएको पाइएको अनुगमन समिति संयोजक एवं वाल्मीकि विद्यापीठ ज्योतिष विषयका उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले बताए ।

यस्तो विज्ञापन केही सन्चारमाध्यम र सामाजिक सञ्जालमासमेत फैलिएको उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिबाट जोगिन सर्वसाधारणलाई सुझाव दिनाका साथै शास्त्रीय मर्यादाविपरीत प्रचार–प्रसार गरी जनतालाई भ्रममा पार्न खोज्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनसमेत समितिले सरकारसँग माग गरेको छ ।

image khabar

प्रतिक्रिया दिनुहोस