आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति निवासमा गाेप्य वैठक

AuthorAP Khabar२०७५ फागुन ६, सोमबार (५ साल अघि) ३५९ पाठक संख्या

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आइतबार साँझ शीर्ष नेताहरू सहितको गोप्य बैठक सम्पन्न भएको छ । आइतबार साँझ पाँच बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति निवासमा पुगेका हुन् ।

नेताहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको शीतल निवास स्रोतले जनाएको छ। राष्ट्रपति भण्डारीको निमन्त्रणामा सत्तापक्षका दुई र प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेता शीतल निवास पुगेका हुन्।

बालुवाटार स्रोतका अनुसार समसामयिक राजनीतिक घटनाक्रमका विषयमा शीर्ष नेताहरूबिच छलफल भएको बताइएको छ। तर राष्ट्रपति र प्रधानमन्त्रीका सचिवालयले भने छलफलका विषयबारे केही खुलाएको छैन

janta samachar

प्रतिक्रिया दिनुहोस