आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा सचिवालय बैठक बस्दैः के–के छन् एजेन्डा ?

AuthorAP Khabar२०७५ फागुन ९, बिहिबार (५ साल अघि) ३१७ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको एकता कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

गृहमन्त्री रामबहादुर थापा बादल संयोजकत्वको ९ सदस्यीय कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथिको छलफलपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्डले एकताको खाका प्रस्तुत गर्नुहुने भएको छ । कार्यदलले एकतामा सहमति जुटाउन नसकेपछि अध्यक्षद्वय नै लाग्नु भएको छ ।

आजको बैठकबाट नेकपाभित्र रहेका तल्ला कमिटीको एकताका बिषयमा टुंगो लाग्ने महासचिव बिष्णु पौडेलले जानकारी दिनुभएको छ । तत्कालिन एमाले र माओवादी केन्द्र एकता भएको ९ महिना बितिसक्दापनि एकताको टुंगो लागेको छैन । केन्द्रीय सदस्यहरु जिम्मेवार विहीन भएका छन् भने जिल्लाका नेता कार्यकर्ता अलमलमा परेका छन् ।

janta samachar

प्रतिक्रिया दिनुहोस