आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी

एपी खबर २०८१ बैशाख १७, सोमबार (२ हप्ता अघि) ८५ पाठक संख्या

बझाङ : बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २६७ मतले पराजित गर्न सफल भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ । शनिबार भएको उपनिर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुँदा भण्डारीले सुदूरपश्चिम प्रदेश सभाको टिकट पक्का गरेका हुन् ।

 

 

विजयी भएका भण्डारीले ११ हजार ६१३ मत ल्याउन सफल भएका छन्। उनीसँग पराजित कांग्रेका सिंहले ११ हजार ३४६ मत ल्याउन सफल भए । यहाँ नेकपा माओवादी केन्द्रका जनक बुढाको पक्षमा ३८ सय ३१ मत झरेको छ । उता नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १४ मत ल्याए । बझाङ १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य २०८० असार ५ गते सवारी दुर्घटनामा ज्यान गएको थियो । उनको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले उनकै छोरा अभिषेकलाई टिकट दिएको थियो । तर प्रतिस्पर्धात्मक चुनावमा अभिषेकले बुवाको विरासत जोगाउन सकेनन् । बझाङमा सबै दल एक्ला एक्लै चुनावी मैदानमा थिए ।

प्रतिक्रिया दिनुहोस