आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लम्जुङको बेँसिशहर बजारमा आगलागी, ४० लाख भन्दा बढीको क्षति

AuthorAP Khabar२०७५ चैत्र १२, मंगलबार (५ साल अघि) ४४८ पाठक संख्या

सोमबार राति १२ बजेतिर लम्जुङको बेँसिशहर नगरपालिका ८ नारायणथानमा लागेको आगलागीका कारण करिब ४० लाख रुपैयाँ भन्दा बढी क्षति भएको छ । आगलागी १ घण्टापछि दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट सर्टिङ-सुटिङ पसल र कम्प्युटर मर्मत पसलको कोठामा क्षति भएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जानकारी दिएको छ । उत्तर बहादुर परियारको सर्टिङ-सुटिङ पसल र रितेश थापाको कम्प्युटर मर्मत कक्ष जस्ताको छानो भएको ब्लकबाट निर्मित थिए ।

परियार र थापा दुवै ले आगलागीबाट करिब ४५ लाखको क्षति भएको दावी गरेका छन् । ४० लाखको समान जलेको परियारले बताएका छन् भने थापाले ५ लाखको क्षति भएको दावी गरेका छन् । प्रहरीले भने क्षतिको एकीन विवरण नआएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस