१३ चैत्र सरकारले अनुमति दिएको भन्दा दोब्बर बढि तौल बोकेर पथलैया बिरगंज औधोगीक करिडोर र सुख्खा बन्दरगाहबाट देशका बिभिन्न ठाउका लागी नेपाली र भारतिय ट्रकहरु माल समान बोकी राजमार्गमा संचालन हुने गरेको छ ।
तराई यातायात ब्यबसायी संघले राजमार्गमा संचालीत नेपाली र भारतिय ट्रकलाई ढुबानी भार ब्यबस्थित गर्न संचालन गरीरहेको तौल पुल सरकारी निकायले बन्द गरे पछि ढुबानीका साधनले मालसमान अनुमती भन्दा बढि बोकी राजमार्गमा गुडन थालेको हो ।
बढि भारका कारण राजमार्गका सडक र पचास बर्ष भन्दा पुरानो पुलहरु कुनै पनि जोखीममा पर्ने निश्चीत बनेको छ ।
१० टन भन्दा बढि क्षमता धान्न नसक्ने सडकमा पचास टन सम्म मालसमान बोकी नेपाली र भारतिय ट्रकले ढुबानी गरे पछि राजमार्गको सडक बिग्रदो अबस्थामा रहेको र पुलहरु जोखीममा परेको सडक बिभाग कार्यालयले जनाएको छ ।
करीडोरका उधोग र सुख्खा बन्दगाह बिरगंजबाट दैनीक १ हजार बढि नेपाली र भारतिय ट्रक मालसमान बोकी नेपालका बिभिन्न स्थानमा जाने गरेका छन ।
प्रदेश ट्राफीक प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरीक्षक रिपेन्द्र सिंहले करीडोरमा संघ द्धारा संचालीत तौल पुल बन्द भए पछि भार नियन्त्रण अनुगमनमा अफठयारो पर्न गएको बताए ।
नेपाली भन्दा बढि भारतिय ट्रकहरुले अत्याधिक भार बोकी ल्याउने गरेको र नेपाली ट्रकको तुलनामा उनिहरु बढि कार्बाहिमा पर्ने गरेको बताउदै सरकारी निकाय बा अन्य कुनै निकाय बाटै प्रदेशमा तौल पुल संचालन गर्न माग गरेका छन ।
बढि भार बोकी सबारी साधन चल्ने गरेकै कारण पथलैया बिरगंज ब्यापारीक मार्गको सडक निर्माणकै क्रममा भत्कन थालेको योजनाका प्रमुख संजय कुमार मिश्रले बताए ।
पछिल्लो समय नेपालमा भारतिय ट्रक लहरीहरुले भारतबाटै भारतीय सरकारले दिएको अनुमती भन्दा बढि भार बोकी नेपाल प्रबेश गर्ने गरेका छन ।
नेपाली र भारतिय ट्रकले बढि भारकै बोकेकै कारण राजमार्गमा पर्ने बाराको दुधौरा पुल घसीन पुगेको थियो भने अमलेखगंजको तिन नम्बर पुल लच्कीएको छ भने दर्जनौ पुलहरु जोखीम बढेको सडक बिभागले जनाएको छ ।
करीडोरमा संघ द्धारा तौल पुल संचालन हुदा पुर्बको बिर्तामोड काकडभिता र मकबानपुरको हेटौडा सम्म जाने नेपाली र भारतिय ट्रकलाई सरकार द्धारा तोकीएको मापदण्डमा रहि ढुबानी गर्न सहज बनाउने काम भएको थियो ।
एक ब्यबसायी भन्छन सरकार आफैले तौल पुल राख्न पनि नसक्ने संघले सरकारकै हितमा गरीराखेको काममा रोक लगाउनु आफैमा बिडम्बना भएको बताए ।
सडक पुल र सबारी दुर्घटनाको जोखीम रोक्न तराई यातायातले करीब एक दशक देखी करिडोरको सडकमा जोडेर नेपाली र भारतिय ट्रकको भार नियन्त्रण गर्न तौल पुल संचालनमा ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस