आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राजपाद्वारा सरकारविरुद्ध आन्दोलन घोषणा

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) २८३ पाठक संख्या

चैत्र २७ राष्ट्रिय जनता पार्टी(राजपा)ले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । राजपाले सरकारविरुद्ध चैत २० गते आफ्नो संगठन भएको जिल्लामा प्रर्दशन गर्ने भएको छ ।

राजपाले संविधान संशोधन, रेशम चौधरीको रिहाई, जन्मसिद्ध नागरिकको सन्तानलाई वंशज नागरिकता र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने लगायतका ९ बुँदे माग राखेर आन्दोलन घोषणा गरेको हो ।

उल्लेखित मागप्रति सरकारले बेवास्ता गरेको र त्यसलाई पूरा गराउन आन्दोलनमा उत्रन बाध्य भएको राजपाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस