आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नागरिकता वितरण बन्द गर्नु अदालतको कमजोरी

AuthorAP Khabar२०७५ चैत्र २७, बुधबार (५ साल अघि) ३१० पाठक संख्या

 चैत्र २७  प्रदेश १ का प्रदेशसभा सदस्य एवम् संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले वितरण शुरु भएको नागरिकता बन्द गर्नु अदालतको कमजोरी भएको बताउनु भएको छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकमा शून्य समय लिएर बोल्दै नेता यादवले अदालतले जनताको चाहना र आवश्यकताका आधारमा पुनः नागरिकता वितरणको काम सुरु गर्नुपर्ने माग गर्नुभयो । २०६३ सालमा सरकारले जन्मसिद्धका आधारमा नागरिकता दिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न गृहमन्त्रालयले गरेको परिपत्र सर्वोच्चले बदर गरेको थियो । त्यसपछि नागरिकता पाउने आशामा बसेका नागरिकहरु राज्यबिहीनताको अवस्थामा पुगेको यादवको दाबी थियो ।

यस्तै शून्य समय लिएर बोल्दै धनकुटाका सांसद निरन राईले जोगवनी किमाथांका सडकको धरान देखि हिलेसम्म पनि सिक्स लेनको बताउन माग गर्नुभयो । लामो समयदेखि विराटनगर रानी देखि धरानसम्म सिक्स लेनको सडक निर्माण गर्ने काम धमाधम भइरहँदा धरानदेखि धनकुटा हिलेसम् मभने डिपिआर समेत नभएको भन्दै उहाँले आवश्यक पहल गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

यस्तै शून्य समयमा बोल्दै सांसद कूलप्रसाद साम्बाले मोरङको उर्लाबारी क्षेत्रमा क्रसर उद्योगको नाममा प्राकृतिक स्रोतको दोहन भइरहेको भन्दै त्यसलाई रोक्न माग गर्नुभयो । सांसद बिनादेवी राईले ज्येष्ठ नागरिकहरुले सार्वजनिक यातायात र अस्पतालमा पाउने छुट अझै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सांसद विमल कार्कीले उदयपुरस्थित बेलेपुरमा रहेको सप्तकोशी किनारको क्षेत्र पुरातात्विक महत्वको रहेको भन्दै उत्खनन् र अनुसन्धान गर्न आग्रह गर्नुभयो । उक्त क्षेत्र सिन्धु घाँटीको सभ्यता जत्तिकै महत्वपूर्ण रहने कार्कीको दाबी थियो ।

बुधबारको संसद बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेको प्रदेश सुशासन कायम गर्न बनेको विधेयकमाथि आवश्यक संशोधन सहितको प्रतिवेदन सुशासन तथा विधायन समितिले पेश गरेलगत्तै पारित गरेको छ । संसदको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी टुंगिएको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस