आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पार्टी एकताको फलामे ढोका आजदेखि तोडियोः अध्यक्ष प्रचण्ड

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (५ साल अघि) ३४१ पाठक संख्या

बैशाख ९  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको फलामे ढोका तोडिएको दाबी गरेका छन् । सोमबार नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई काठमाडौँको कमलादीमा सम्बोधन गर्दै प्रचण्डले एकताको मुख्य गाँठो फुकेको दाबी गर्दै अब बाँकी गाँठाहरु सजिलै फुक्ने ठाउँमा आइपुगेको बताए ।

उनले राष्ट्रको एकता र स्वाधीनतालाई सुदृद्ध गर्ने पार्टीको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको पनि बताए । कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले संश्लेषण गर्न जरुरी रहेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले देशी विदेशी शक्तिहरुको अवरोधका बीच पार्टी एकता भएको भन्दै त्यो नेपाली जनतासँग भएको प्रतिबद्धता र संकल्प अनुसार भएको बताए ।

उनले एकताको मिसन सफल पारेका बताउँदै प्रतिक्रियावादीका लागि अर्को प्रतिवाद र कम्युनिष्ट समर्थका लागि नयाँ उत्साह र खुशी भएको टिप्पणी गरे । आइतबार नेकपाले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको थियो । नेकपाका अब पोलिटब्युरो गठन, जबस एकता र प्रवास कमिटी एकताको काम बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस