आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओली भन्छन्ः काँग्रेसले राजतन्त्र फर्काउने सपना देख्दा विचित्र लाग्छ !

AuthorAP Khabar२०७६ बैशाख ९, सोमबार (५ साल अघि) ४१७ पाठक संख्या

बैशाख ९  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना देखिरहेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा बोल्दै ओलीले कांग्रेस नेताहरू राजतन्त्र फर्काउन लागिरहेको दाबी गरे ।

‘कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्छ,’ ओलीले भने, ‘अचम्म लाग्छ आज कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा विचित्र लाग्छ,’ उनले भने, ‘सैद्धान्तिक रूपमा कुनै पनि लोकतन्त्रवादी जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तको पक्षमा हुँदैनन् ।’

प्रतिक्रिया दिनुहोस