आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काग्रेसले बिकास शुरु गर्यो कम्न्युष्टले अहिले फोटो खिचे :बरिष्ठ नेता पौडेल

AuthorAP Khabar२०७६ बैशाख १५, आईतबार (५ साल अघि) ३८७ पाठक संख्या

रौतहट १५ बैसाख/ रौतहटको राजपुर नगरपालिकामा नेपाली काग्रेसले शनिवार आमसभाको आयोजना गरेको छ ।
सभाका प्रमुख अतीथी काग्रेसका बरिष्ठ नेता राजचन्द्र पौडेलले काग्रेसको सरकारले पहिले विकासको काम शूर गरेको र अहिले कम्युनिष्ट सरकारले उद्घाटनको नाममा फोटो खिचिरहेको बताएका हुन ।
काग्रेसका महामन्त्री डा शसाक कोइरालाले तीन प्रमुख पद मध्य एक पद मधेशी लाइ दिनुपर्ने धारणा राखेका छन । राष्टपती, प्रधानमन्त्री र सभामुख मध्य एक पद मधेशीले पाउनुपर्ने उनको उनले बताए ।
सांसदहरु मो. अफ्ताव आलम र देव प्रसाद तिमल्सेनाले बर्तमान सरकारले जनता लाइ ढाटेको आरोप लगाउदै सरकारले भन्ने एउटा र गर्ने अर्को भएको टिप्पणी गरेका छन ।
महामन्त्री डा.शसाक कोइरालाले नेपाली काग्रेसलाइ एक बनाउन कार्यकर्ताहरु संग समेत आग्रह गरेका छन ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले नया ढग बाट पार्टी लाइ अगाडी लैजानु पर्ने , आफै भित्र सत्यको खोजी गर्नु पर्ने,काग्रेस लाइ सुधारेर नया ढगले जानु पर्ने बताए ।
रौतहट जिल्ला सभापती कृष्ण प्रसाद यादव तथा उनका पक्षका धेरै नेता कार्यकर्ताहरुले कार्यक्रमको बहिस्कार गरे ।
जिल्ला कार्य समितीलाइ बाइपास गरेका ले कार्यक्रममा नगएको उनले बताए ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले काग्रेस लाइ सुधारेर नया ढगले जानु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस