आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपामा एकता टुंगिएको हप्तादिनमै विवाद, जुनियर अध्यक्ष भन्दै सपथ बहिष्कार

AuthorAP Khabar२०७६ बैशाख १६, सोमबार (५ साल अघि) ३४६ पाठक संख्या

बैशाख १६ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका जिल्ला अध्यक्ष र सचिवको सपथ ग्रहण गरेका छन् । उनीहरुलाई आइतबार धनगढीमा नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण समारोहमा तीन जिल्लाका सचिवहरुले पनि बहिष्कार गरेका छन् । उनीहरुले आफूभन्दा जुनियरलाई अध्यक्षको जिम्मेवारी दिएको भन्दै असन्तुष्टी जनाई सचिव पदमा वस्न अस्वीकार गरी सपथ ग्रहण बहिष्कार गरेका हुन् ।

सचिव पदको सपथ नखाई बहिष्कार गर्नेमा तत्कालिन नेकपा एमालेका डडेल्धुरा अध्यक्ष डाक्टर तारादत्त जोशी, बझाङका अध्यक्ष दिलबहदुर सिंह, दार्चुलाका रामदत्त जोशी रहेका छन् । बहिष्कार गरेका तीनै जना पूर्व एमालेको माधव नेपाल पक्षधरका नेता हुन ।

नौ जिल्ला रहेको यो प्रदेशमा तत्कालिन एमालेको भागमा कैलाली, डोटी, बैतडी, अछाम र बाजुरा तथा तत्कालिन माओवादीको भागमा कञ्चनपुर, डडेल्धुरा, बझाङ र दार्चुला जिल्ला परेको थियो ।

प्रतिक्रिया दिनुहोस