आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ३२६ पाठक संख्या

जेठ १३
सर्लाही। विप्लव नेतृत्वको नेकपाले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विस्फोट गराएको छ।

आइतबार राति ११ बजे कार्यालयको कम्पाउडमा रहेको पर्खालमा बम विस्फोट गराउँदा करिब चार मिटर पर्खाल भत्किएको छ । विस्फोटका कारण कार्यालयका तीनवटा झ्यालको सिसा फुटेको नगरप्रमुख जमरुदिन मंसुरले जानकारी दिनुभयो । विप्लव माओवादीले सोमबारको बन्दलाई लक्षित गर्दै बम बिस्फोट गराएको हो ।

विस्फोटबाट ठुलो क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस