आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ४४६ पाठक संख्या

महोत्तरी, जेठ १३ गते ।

महोत्तरीमा टिपरको ठक्करबाट एकजनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दिबास नगरपालिका ७ किसाननगर बस्ने २२ वर्षका कुमार जर्घा मगर छन् ।

आईतवार विहान रातु खोलाबाट बालुवा लोड गरी पश्चिमतर्फ जाँदै गरेको ना. ३ च. ३०८ नम्बरको टिपरले विपरित दिशातर्फबाट आउँदै गरेको ज ६ क २३५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक जर्घा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते जर्घाको उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । घटना पश्चात टिफर चालक फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस