आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा जिल्लामा अज्ञात समुहले गरे एक लरीमा आगजनी

AuthorAP Khabar२०७६ जेष्ठ १३, सोमबार (४ साल अघि) ३५८ पाठक संख्या

अखिलेश कुमार यादव
बारा जेठ १३ गते

बारा जिल्लामा पनि अज्ञात समुहले एक लरीमा आगजनी गरेको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आईतबार बिहान रोकिराखेको भारतीय ट्रक लरीमा आगजनी गरेको हो ।

नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो । जिल्लाका अन्य स्थानमा भने अवस्था सामान्य रहेको बाराका प्रहरी प्रव्क्ता रञ्जित सिंह राठोरले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण राजमार्गमा सवारीको चाप न्युन देखिएको छ । यद्यपी प्रहरीले भने बन्दको बेला हुनसक्ने अवांक्षित क्रियाकलापलाई मध्यनजर गर्दै जिल्लाको शान्ति शुरक्षा चुस्त बनाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस