आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा काङ्ग्रेस नेताको जोड

AuthorAP Khabar२०७६ जेष्ठ १९, आईतबार (४ साल अघि) ४१७ पाठक संख्या

जेठ १९

नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको एकता अहिले अपरिहार्य भएको बताएका छन् । पार्टीभित्रै एकता नभए फेरि पनि काङ्गेस पछि पर्नुपर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।

राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीले शनिबार भूमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेताले यस्तो बताएका हुन् । नेता डा शेखर कोइरालाले पार्टीभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । उनले पार्टीको महाधिवेशन समयमै गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । फरक प्रसङ्गमा नेता कोइरालाले ओली सरकार तानाशाही बन्दै गएको आरोप लगाए । प्रेस स्वतन्त्रता, न्यायालयलगायतमा सरकारले हस्तक्षेप गरेको उनको भनाइ थियो । अर्का नेता अमरेशकुमार सिंहले पार्टीको महाधिवेशन लम्ब्याउने चलखेल भएको भन्दै म्याद थप नगरी महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन् ।

उनले पार्टीमा समावेशी, समानुपातिक प्रतिनित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए । नेता सिंहले नागरिकता विधेयक तत्काल टुङ्ग्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । अर्का नेता प्रदीप गिरीले एकजुट भएर काङ्ग्रेसलाई अघि बढाउन आवश्यक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस