आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रित गौतमको शतकसँगै नेपालले सिंगापुरलाई २१६ रनले हरायो

AuthorAP Khabar२०७६ अषाढ २०, शुक्रबार (४ साल अघि) ४३९ पाठक संख्या

असार २०।

एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा रित गौतम र खडक बहादुर बोहोराले बिष्फोटक ब्याटिङ गरेपछि नेपालले सिंगापुरलाई २१६ रनको फराकिलो अन्तरमा पराजित गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो । शतक पुरा गरेका गौतमले अविजित ११५ रन बनाए भने बुढाथोकी शतक बनाउन १० रनले चुके । उनी ९० रनमा आउट भए । कुशल मल्लले पनि अर्धशतक पुरा गर्दै ५१ रन बनाए भने पवन सर्राफले ४५ रन जोडे । कप्तान रोहित पौडेल ७ र विशाल कुमार केसी १ रनमा आउट भए ।

३२७ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले ४ विकेट लिए भने तिलक राज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले एकएक विकेट लिए ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो

प्रतिक्रिया दिनुहोस