आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारत र न्यूजिल्यान्ड, अस्ट्रेलिया र ईग्ल्यान्ड सेमिफाइनलमा भिड्ने

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) ४३५ पाठक संख्या

असार २२ काठमाडौँ,

विश्वकप क्रिकेट २०१९ मा शनिबार रातिबाट लिग चरणबाट सबै खेल समाप्त भएका छन् र त्यससँग सेमिफाइनल समीकरण पनि पूरा भएको छ । हिजो राति भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै भारत १५ अंकसहित अंक तालिकाको शीर्षस्थानमा पुगेको छ ।

११ अंकसहित अंक तालीकाको चौथो स्थानमा न्यूजिल्यान्ड छ। आईसीसीको खेल तालिकाअनुसार, शीर्षस्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजिल्यान्डबीच पहिलो सेमिफाइनल हुनेछ। साउन २४ गते दिउसो ३ः१५ बजे मेनचेस्टरमा भारत र न्यूजिल्यान्ड भिड्नेछन्। त्यस्तै, अस्ट्रेलिया र ईग्ल्यान्डबीच दोस्रो सेमिफाइनल हुनेछ।

हिजो राति भएको दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि अस्ट्रेलिया १४ अंकमा तालिकाको दोस्रो स्थानमा झरेको हो। इंग्ल्यान्ड १२ अंकमा तेस्रो स्थानमा रह्यो ।

विश्वकप खेलतालिका अनुसार, दोस्रो सेमिफाइलनमा अंक तालिकाको दोस्रो स्थानमा रहेको अस्ट्रेलिया र तेस्रो स्थानमा रहेको ईग्ल्यान्ड साउन २६ गते भिड्नेछन्। उनीहरूबीचको खेल दिउसो ३ः१५ बजे बर्मिङघममा हुनेछ।

प्रतिक्रिया दिनुहोस