आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दै कसले जित्लान त् सेमिफाइनल

AuthorAP Khabar२०७६ अषाढ २४, मंगलबार (४ साल अघि) ३७६ पाठक संख्या

एपी खबर डेस्क। जीतपुर असार २४।
विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । फाइनल पुग्ने लक्ष्य सहित दुवै टिम दिउँसो पाैने तीन बजे इङल्याण्डको ओल्ड ट्राफोर्ड मैदानमा आमनेसामने हुनेछन् । जित्ने टोलीले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पछिल्ला पाँच खेलमा भारतले तीन र न्युजिल्याण्डले एक खेल जितेको छ । एक खेल नतिजाविहीन बनेको थियो । विश्वकपमा दुवै टोली पहिलोपटक भेट हुन लागेको हो। छनौट चरणको खेल बर्षाले प्रभावित हुँदा दुवैले अंक बाँडेका थिए ।

भारतले ९ खेलमा ७ खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा गरेको थियो । न्युजिल्याण्ड भने ५ खेलमा जित निकाल्दै नेट रन रेटको आधारमा सेमिफाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस