आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हङकङलाई ‍‍‍‍‍६ विकेटले हराउँदै एसीसी यू-१९ इस्टर्न रिजनकाे उपाधि नेपाललाई

AuthorAP Khabar२०७६ अषाढ २५, बुधबार (४ साल अघि) ३७६ पाठक संख्या

असार २५ काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ ।

हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । रित १३ रन जोड्दै मोहमद हसन खानको बलमा बोल्ड भए ।

अर्का ओपनर पवन सर्राफ १२ औं ओभरको दोस्रो बलमा मोहमद हसनको एलबीडब्लु धरापमा परे । उनले ३६ बलको सामना गर्दै ३९ रन जोड्दा ५ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरमा खडक बोहोरा ८ रन जोड्दै क्याच आउट भए । कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दा भीम सार्की ८ रनमा नटआउट रहे । हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरको हङकङले ४३.१ ओभरमा ९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिलो पटक टस गर्दा क्वाइन भुँईमा सिधै गाडिएपछि दोस्रो पटक टस गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस