आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४८ बर्षिय एक महिलाको रहस्यमय शव फेला

AuthorAP Khabar२०७६ श्रावण १५, बुधबार (४ साल अघि) ३३३ पाठक संख्या

श्रावन १५ सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–७ क्यानेश्वरको कुन्दा दोभानमा बुधबार बिहान एक महिलाको शव फेला परेको छ ।

शव स्थानीय ४८ वर्षीया रानीमाया मोक्तानको भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

शवको प्रारम्भिक अनुसन्धान अनुसार घाँटीमा डोरीले बाँधेर टाउकामा कुनै ठोस बस्तुले हानेर हत्या गरिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

रानीमाया एक्लै बस्ने एकल महिला भएको र हत्या रहस्यमय देखिएकाले अनुसन्धानका लागि जिल्ला प्रहरी सिन्धुलीबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली पठाएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस