आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा हेटौडामा २ जनाको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ३३० पाठक संख्या

श्रावन १६ हेटौडा ;
पूर्वपश्चिम राजमार्ग अन्तर्गत् हेटौंडा उपमहानगरपालिका वडा नं ३ लेवटमा सवारी दुर्घटना हुँदा २ जनाले ज्यान गएको छ ।

वुधबार साझ चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख १५०० नंबरको ट्रक र हेटौंडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नंबरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका थिए ।

मोटरसाइकलमा सवार घाइते सौरभ सुवेदी र अस्मित सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक ट्रकसहित प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस