आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका ४ जना कार्यकर्ता हतियारसहित प्रहरीको नियन्त्रणमा

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) २८३ पाठक संख्या

अखिलेश कुमार यादव
श्रावण १६

रौतहट,
रौतहटमा प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपाका ४ जना कार्यकर्तालाई हतियारसहित बुधवार साँझ नियन्त्रणमा लिएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिकाको तीन नम्बर वडा कार्यालय आगजनी गरे लगत्तै प्रहरीले बुधवार साँझ विप्लव माओवादीका चार जना कार्यकर्तालाई हतियार सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर चार टेकान टोलका मानबहादुर वाइवा, राम बहादुर घिसिङ र अन्य दुई जना रहेको जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले जनाएको छ ।

पक्राउ परेकाहरूको बयानको आधारमा बुधवार साँझ चन्द्रपुरको टेकानटोल स्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी स्रोतले जानकारी दिएको छ ।

वाइवा पूर्व माओवादी कार्यकर्ता हुन् भने घिसिङ विगत केही महिनायता विप्लव माओवादीका सहयोगी रहँदै आएका थिए । अन्य दुईजनाको बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

वाइवा पछिल्लो समय सुमो गाडी चालकको काम गर्दै आएका थिए भने घिसिङ गाउँमै प्रेस हाउस कुखराको मासु बेच्ने काम गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस