आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अवैध रुपमा काठमाडौँ ल्याउँदै गरेको अवस्थामा एक किलो सुनसहित एक जना पक्राउ

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) २२२ पाठक संख्या

श्रावण १६ काठमाडौं,

प्रहरीले अवैध रुपमा काठमाडौँ ल्याउँदै गरेको अवस्थामा एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय पेम्बा दिण्डुप तामाङ रहेका छन् ।

बा ९ प २७२६ नम्बरको मोटरसाइकलमा धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको अवस्थामा उनलाई प्रहरीले नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो । तामाङले अवैधरुपमा सुन ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

उनले सुनको चार ओटा टुक्रालाई कालो टेपले बेरेर पाइन्टको पेटी लगाउने स्थानमा लुकाएर ल्याएका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले यही साउन ९ गते गोरखाको धार्चे गाउँपालिका–३, खोर्लाबेसी नजिकैका ओढारबाट १६ किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस