आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ३४५ पाठक संख्या

श्रावन १६ काठमाडौं । विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-८ चरेलीस्थित सडकमा बा.१० च ४०२६ नम्बरको बलेरो जिप अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार सिन्धुली घर भएका ३२ वर्षीय कान्छा राईको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक दोलखा मैलुङ्ग गाउँपालिका-१ घर भएका २० वर्षीय प्रदिप राउतलाई थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल रिफर गरिएको छ ।

यसैगरी भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरस्थित सडकमा ना.६ त ८६८ नम्बरको ट्याक्टरमा प्रदेश ३-०२-००३ प ५५२९ नम्बरको मोटरसाइकल बुधबार राति ठोकिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सुनपाते गाउँपालिका-४ घर भएका २२ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप घर भएका रोज बहादुर थिङको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै सर्लाहीको कविलासी नगरपालिका-८ अगरवास्थित सडकमा बिआर ०६ पिई २८२२ नम्बरको टयाम्पोको ठक्करबाट सोही ठाउँ बस्ने रञ्जित चौधरीको ३ वर्षीय छोरा रक्की चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको थियो । ठक्कर दिने टयाम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व) को कावासोती नगरपालिका-१६ सात घरेस्थित सडकमा ना.३७ प २६०० नम्बरको मोटरसाइकल ना.६ ख ३४०१ नम्बरको ट्रकसँग बुधबार दिउँसो ठक्कर खाँदा मोटरसाइकल चालक कावासोती नगरपालिका-१५ गुडार बस्ने ५८ वर्षीय राम प्रसाद अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी चितवनको ईच्छाकामना गाउँपालिका-६ जलबिरेस्थित सडकमा ना.७ ख ३९३९ नम्बरको कन्टेनर बुधबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी ८० मिटर तल त्रिशुली नदीमा खस्दा चालक पर्सा वीरगंज घर भएका ३६ वर्षीय कमलेश साहको कन्टेनरले च्याँपिएर मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका कन्टेनरका सहचालक पर्सा वीरगंज घर भएका २० वर्षीय अजय साहलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लगिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ बसामाडी लेवटस्थित सडकमा ना.६ ख १५०० नम्बरको ट्रकले ना.३८ प ५३३२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका बस्ने ३० वर्षीय शौरभ सुवेदी र १८ वर्षीय अस्मित सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनामध्ये शौरभ सुवेदीको चुरेहील हस्पिटल र अस्मित सुनारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस