आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ५११ पाठक संख्या

१६ श्रावण काठमाडौं । चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ ।

लेटाङ-३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए ।

डीएसपी खिउजुका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए ।

शौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको र मृत्यु भएको खिउजुले बताए । चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्‍कासी करेन्ट लागेको पाइएको उनले बताए।

शौजनको घाँटीमा डढेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको डीएसपी खिउजुले बताए ।

प्रतिक्रिया दिनुहोस