आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संसद भवन बानेश्वरमा सर्वदलीय बैठक शुरू

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) ८८३ पाठक संख्या

श्रावन १६ काठमाडौं । संसदमा देखिएको गतिरोध अन्तयको लागि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आव्हान गरेको सर्वदलिय बैठक नयाँ बानेश्वरमा शुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र अर्को प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टी (राजपा)ले केही दिनदेखि संसद अवरोध गरेका कारण सभामुखले गतिरोध अन्त्यका लागि सर्वदलिय बैठक बोलाएका हुन् ।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायत उपस्थित छन् । प्रमुख प्रतिपक्ष कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेताहरू मिनेन्द्र रिजाल लगायत उपस्थित छन् भने प्रतिपक्षी राजपा अध्यक्ष मण्डल राजकिशोर यादव, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको छ ।

बैठकले प्रतिपक्षको मागको विषयमा छलफल गर्नेछ र गतिरोध अन्त्य गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस