आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित सर्वदलीय बैठकको निर्णय अुनसार अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने

AuthorAP Khabar२०७६ श्रावण १६, बिहिबार (४ साल अघि) २७५ पाठक संख्या

साउन १६ काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सर्वदलीय बैठकको निर्णय अुनसार अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ‘राजपा’ का सांसदले विभिन्न मागसहित संसद अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

प्रतिनिधिसभा शुरु हुनुअघि सर्वदलीय बैठक डाकिएको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरू बैठकमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस