आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

AuthorAP Khabar२०७६ भाद्र १२, बिहिबार (४ साल अघि) ३१५ पाठक संख्या

काठमाडौं , भाद्र १२ : पाँच पटकका च्याम्पियन रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन ।विश्व बरियतामा तेस्रो स्थानमा रहेका फेडररले दामीर जुमहुरलाई ३–१ एकको सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाए ।

स्विस खेलाडी फेडररले दामीरलाई ३–६, ६–२, ६–३, र ६–४ को सेटमा हराए ।त्यसो त उनले दामीरको पहिलो सेटको अग्रलाई उल्ट्याएका थिए । उनले पहिलो सेटमा १७ अनफोर्स इरोर गर्दै तीन छ ले गुमाए ।

तर त्यसपछि उत्कृष्ट कमब्याक गरेका उनले ६–२, ६–३ र ६–४ ले जित्न सफल भए ।
उनले तेस्रो चरणमा बेलायतका डान इभान्स र फ्रान्सका लुकास पोउलीविचको विजेतासँग खेल्नेछन ।

इमेजखबर ;

प्रतिक्रिया दिनुहोस