आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वेस्ट इन्डिज ए माथि नेपलाको शानदार जित

एपी खबर २०८१ बैशाख १५, शनिबार ( २ महिना अघि) १४८ पाठक संख्या

काठमाडौँ : नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ । यो जितपछि नेपाल ५ खेलको सिरिजमा १–० ले अगाडि भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

 

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै, किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए । त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक–एक विकेट लिएका थिए । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौँ खेल मे ४ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस